Websoft University

मौसम सामान्य बदली रही ठाउ ठाउमा वर्षा हुने


काठमाण्डौ भदौ ६ गते । रातो तारा डट कम, जल तथा मौसम पूर्वानुमान महाशाखाका दिएको जानकारी अनुसार आजको मौसम सामान्या जस्तो भए पनि मनसुनी वायुको सामान्य प्रभाव नेपालमा रहिरहेको बताइएको छ । 

माहाशाखाका अनुसार न्युन चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेको हुनाले हाल देशभर सामान्य बदली रही प्रदेश नं १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसो देशभर मौसम सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 




 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.