Websoft University

लायन्स/लियो क्लब द्वारा माया घरलाई खाद्यान्न साथै विभिन्न सामाग्री हस्तान्तरण!

 


शिव भट्टराई,मोरङ । ाातो तारा डट कम,नेपालमा लायन्सको ५१ औं बर्षको स्थापना दिवसको अवसरमा लायन्स क्लब अफ इटहरी बुद्ध, बाँसबारी, सलकपुर, मोरङ, लियो क्लब अफ बाँसबारीको संयुक आयोजनामा सप्ताहव्यापी कार्यक्रम सुरु भए संगै उक्त कार्यक्रम अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आज बुधबार खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ।


जोन चेयर पर्सन मनिता दङ्गालको प्रमुख आतिथ्यता र लायन्स क्लब अफ इटहरी बुद्धका अध्यक्ष जीवन दंगालको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा साहारा विहिनहरुलाई साहारा र संरक्षण गरिरहेको मायाघर नेपाल इटहरीमा आश्रित रहेकालाई खाद्यान्न, सागसब्जी, माक्स, साबुन लगायत विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ। कार्यक्रमममा


लायन्स क्लब अफ बासबारीका अध्यक्ष प्रकाश सिग्देलले स्वागत मन्तव्य राखेका थिए भने लायन्स क्लब अफ बासबारीका सचिव प्रदिप विष्टले कार्यक्रम सञ्चालन गरेका थिए। 

त्यसैगरी विभिन्न सामाजिक कार्य गर्दै आएको लायन्स क्लबले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बोट विरुवा संरक्षण, बृक्षरोपण, मास्क वितरण सचेतनामुलक कार्यक्रम, अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै आगामी दिनमा पनि विभिन्न सामाजिक कार्य गर्ने निर्णय रहेको आयोजकले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.