Websoft University

२१ दिन पूरा भएकाहरुलाई आजदेखि भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गर्ने


काठमाण्डौ साउन २२ गते । रातो तारा डट कम, कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले आजदेखि दोस्रो मात्रा लगाउन पाउने भएका छन् । खोप लगाएर २१ दिन पूरा गरेकारूलाई देशैभर दोस्रो मात्राको खोप लगाउन सुरु गरिदैछ । दोस्रो डोज खोप लगाउन आउनेले अनिवार्य रूपमा पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय (अनलाइन फारम) दर्ता नम्बर ल्याउनु पर्ने स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो । यसअघि स्वास्थ्य मन्त्रालयले साउन २२ गतेदेखि दोस्रो मात्रा लगाउने अभियान सन्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको थियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.