Websoft University

जयसिंह धामीको खोजी कार्य ड्रोन क्यामेराका प्रयोग बाट तिब्र पारिदै,


काठमाण्डौ साउन २९ गते । रातो तारा डट कम, महाकाली नदीमा वेपत्ता भएका  स्थानीय जयसिंह धामीको खोजी कार्यका लागि ड्रोन क्यामेराको प्रयोग गरिएको छ ।

वेपत्ता भएको दुई हप्तापछी ड्रोन क्यामेरा विज्ञहरुको टोलीले खोजी कार्य सुरु गरेकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले बताउनु भयो । घटना भएको एक हप्ता बढी हुँदा पनि धामी फेला नपरेपछि प्रहरी प्रधान कार्यालयबाट ड्रोन विज्ञहरुको टोली बोलाइएको हो ।  

ब्याँस क्षेत्रमा महाकाली नदीको किनारमा जान सकिने अवस्था नरहेकाले ड्रोन क्यामेरा प्रयोग गरेर खोजी कार्य सुरु गरेको चन्दले जानकारी दिनुभयो । हालसम्म दुम्लिङ लगायतका विभिन्न दुई÷तीन स्थानलाई बिन्दु बनाएर ड्रोनको प्रयोग गरी खोजी गरेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी चन्दले बताउनु भयो । 

नेपालतिर बिन्दु बनाई ड्रोनको प्रयोग गर्न थालिएको हो । भारतले भने ड्रोन क्यामरा प्रयोगका लागि अनुमती दिएको छैन, जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई ड्रोन क्यामेरा प्रयोगका लागि पत्राचार गरेपनि हालसम्म भारतीय प्रशासनले अनुमति दिएको छैन । 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २३ गते सीमा नदी महाकालीमा बेपत्ता धामीको खोजी कार्यका लागि ड्रोन प्रयोगबारे सहमति मागेको थियो । भारतको पिथौरागढ जिलाधिकारीलाई पत्राचार गर्दै नेपाली प्रशासनले ड्रोन प्रयोगका लागि अनुरोध गरेपनि हालसम्म कुनै प्रतिक्रिया नदिएको निमित्त प्रमुख जिल्ला अधिकारी एवं छानबीन समिति सदस्य ज्योत्सना भट्ट जोशीले बताउनु भयो । 

शनिबार पत्र पठाइएकोमा आइतबार भारतमा बिदा रहेकाले सोमबार प्रतिक्रिया आउने आशमा नेपाली प्रशासन थियो । तर पत्र पठाएको ६ दिन बितिसक्दा पनि भारतीय प्रशासनले कुनै प्रतिक्रिया दिएको छैन । (नयाँ नेपाल एफएम, दार्जुला)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.