Websoft University

नागको पूजा गरी नाग पञ्चमी मनाइदै,


काठमाण्डौ साउन २९ गते । रातो तारा डट कम, आज नाग पञ्चमी पर्व परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । घरको मूल ढोकामा आज नागको चित्र टाँसेर पूजा गर्ने प्रचलन रहेको छ ।  

नागको पुजा गरेमा  वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका र प्राकृतिक विपत्तको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । 

नाग पञ्चमीको अवसरमा आज बिहानैदेखि काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा पुजाआजा गर्न घुइँचो लागेको छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने मान्यताअनुसार नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकार डा रामचन्द्र गौतमले बताउनुभयो ।


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.