Websoft University

नेपालमा २४ घन्टामा थप ३ हजार ४८१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि


काठमाडौं साउन २७ गते । रातो तारा डट कम, पछिल्लो २४ घन्टामा थप ३ हजार ४८१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा १० हजार ९०७ नमूनाको पीसीआर र ५७ सय ४९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमध्ये पीसीआरबाट २६ सय १६ जनामा र एन्टिजेन विधिबाट ८६५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा थप ३० जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका ९६४ जनामा संक्रमण देखिएको छ। 

यस्तै पछिल्लो २४ घन्टामा १८ सय ८५ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार ७९६ जनाको आइसीयू र १८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.