Websoft University

विद्यूत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ् नियुक्त भए पछि देश भरिका जनता खुसिले गदगद हुदै,


काठमाण्डौ साउन २७ गते । रातो तारा डट कम, कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा पदबहाली गर्नुभएको छ । चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनुभएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त हुनुभएको हो ।  

घिसिङलाई चार वर्षका लागि नियुक्त गरिएको छ । यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा कार्यादेश सहित विशिष्ठ श्रेणीको पूर्णकालीन सदस्यका रुपमा नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने र शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय गरेको थियो । 

गत भदौमा कार्यकाल सकिएपछि नागरिकस्तर बाट घिसिङको पुनः नियुक्तिका लागि आग्रह गरिए पनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले घिसिङलाइ अवकाश दिएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको ऊर्जा क्षेत्रमा चमत्कारिक परिवर्तन गर्ने लक्ष्यका साथ घिसिङलाई जिम्मेवारी दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । 

नवनियुक्त कार्यकारी निर्देशक घिसिङले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई धन्यवाद दिनुभएको छ । कार्यकारी निर्देशक  घिसिङले दोस्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको बताउनुभयो  ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.