Websoft University

२५ जिल्लामा कांग्रेस जिल्ला सभापतिहरु पनि धर्नामा

 


काठमाण्डौ भदौ ९ गते । रातो तारा डट कम, क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्र्ने भन्दै काँग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूले हिजोबाट धर्ना सुरु गरेका छन् । 

महिना दिन भन्दा लामो समय देखि धर्ना बसिरहेकाहरुको माग सम्बोधन नहुँदै फेरी संस्थापन इतर पक्षका २५ जिल्ला सभापतिहरु पनि क्रियाशिल सदस्यको नामावली सार्वजनिक गर्न भन्दै धर्नामा बसेका हुन् । काँग्रेस महाधिवेशनका मतदाता हुने क्रियाशील सदस्यको विषयलाई लिएर यसअघि पनि केही नेता कार्यकर्ता धर्नामा बस्दै आएका छन् ।  

नेता रामअयोध्या प्रसाद यादवको धर्ना ४३ दिनमा बल्ल हिजो सकिएको छ  । तर केही नेता कार्यकर्ता ३२ दिन देखि धर्नामा बसिरहेका छन् । सानेपा स्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालयको मुल ढोकाको बायाँपट्टी केही नेता कार्यकर्ता टुक्रुक्क बसेका छन् । त्यसको ठिक पछाडी भित्तामा न्यायका लागि धर्ना लेखिएको ब्यानर टाँगिएकोछ । 

कैलाली क्षेत्र नम्बर १ स्थित टिकापुर–१ बाट आएका उनिहरु क्रियाशील सदस्यता वितरणमा एकलौटि गरिएको भन्दै धर्मामा बसेको बताएका छन् । महिना दिन भन्दा लामो समय देखि धर्ना बसिरहेकाहरुको माग सम्बोधन नहुँदै संस्थापन इतर पक्षका २५ जिल्ला सभापतिको धर्ना पनि सुरु गरेका छन् । मनपरी ढङ्गले सदस्यता थप गरेकाले नामावली सार्वजनिक गर्न माग गरिएको सिन्धुपाल्चोक काङ्ग्रेस सभापति विकास लामाले बताउनुभयो । 

२०७७ को फागुन ७ देखी गर्ने भनिएको काङ्ग्रेस महाधिवेशन सदस्यता विवादकै कारण भदौमा सारिएको थियो । तर तोकिएको मितिमा पनि महाधिवेशन गर्न नसक्ने भएपछि, पुनः मंसिर ९ देखी १३ गतेसम्मको मिति तोकिएको छ । मतदाताको नाम सार्वजनिक नभई अधिवेशन हुन नहुने बाराको महागढिमाई नगरपालिकाका उपप्रमुख समेत रहनुभएका काँग्रेस कार्यकर्ता तारादेवी कानुले बताउनुभयो । 

विधानअनुसार सदस्यता नवीकरण र वितरण हरेक वर्ष गरिनुपर्ने भएपनि त्यस्तो नहुँदा समस्या हुँदै आएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने केन्द्रीय समितिले पास गरेको निर्देशिका अनुरुप मतदाताको नामावली सार्वजनिक गरिने बताउनुभयो । 

सदस्यताको टुङ्गो लाग्नुलाई ६० प्रतिशत महाधिवेशनको प्रक्रिया पूरा भएको व्याख्या गरिन्छ । तर धर्मामा रहेकाहरुको माग सम्बोधन नभएर ३ पटक सरिसकेको काँग्रेस महाधिवेशन फेरी अन्यौलमा पर्न सक्छ । सीआईएन समचारबाट


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.