Websoft University

पहिलो पाईला नेपाल सुन्दरहरैंचाद्वारा डस्टबिन वितरण!

 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचामा रहेको सधैं परिवर्तनका लागि अघि बढ्ने पहिलो पाईला नेपाल संस्थाले आज मंगलबार डस्टबिन वितरण कार्यक्रम गरेको छ। 


सुन्दरहरैंचा नगर भित्र रहेका मन्दिर परिसरको फोहोर व्यवस्थापनका लागि आयोजना गरिएको यस कार्यक्रममा सुन्दरहरैचा नगरपालिका भित्र रहेका १० मन्दिरहरुमा डस्टबिन वितरण गरिएको छ। भुल्केदेबी मन्दिर सलकपुर, नागदेबी मन्दिर सलकपुर , सिदेश्वर शिव मन्दिर बिराटचोक, गणेश मन्दिर सलकपुर, श्री शिवपन्चायन मन्दिर  गोठगाउ, नवदुर्गा देवि मन्दिर पथरघट्टा, विश्वकर्मा मन्दिर बेलगाछी, किरातेश्वर मन्दिर गछिया , लक्ष्मिनारायण मन्दिर बलिया, पाथिभारा कालिका देवी मन्दिर   र ट्राफिक प्रहरी बिट बिराटचोकमा जम्मा 20 वटा वितरण गरिएको छ। 


कार्यक्रमममा पहिलो पहिला नेपाल सुन्दरहरैंचाका पदाधिकारीहरु, सदस्यहरु र विभिन्न सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो।अगाडिका दिनहरूमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको यस संस्थाले आगामी दिनमा पनि डस्टबिन वितरण,सरसफाइ, मास्क वितरण जस्ता विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिने संस्थाका प्रथम उपाध्यक्ष भोजराज रिजालले जनाएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.