Websoft University

चीनबाट ८ लाख डोज भेरोसेल खोप आजै नेपाल आइपुग्ने


काठमाण्डौ भदौ २ गते । रातो तारा डट कम, चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने भएको छ । चीनसँग  खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो । नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनबाट दुई दिनमा १६ लाख डोज खोप आउनेछ । बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ । यस्तै, जापानले कोभ्याक्समार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने महाशाखाले  जनाएको छ । नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी  १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.