Websoft University

मानवता सबैभन्दा ठुलो धर्म - पूर्वमन्त्री ढकाल

 


काठमाडौ । रातो तारा डट कम,परिवार दलका अध्यक्ष ढकालद्वारा २ नम्बर प्रदेशको आठै जिल्लामा राहत सामग्री हस्तान्तरण प्रदेश २ का आठ जिल्लामा परिवार दलको राहत सहयोग एकहजार बढी परिवार लाभाम्बित
काठमाण्डौ ।  बैकल्पीक लोकतान्त्रीक शत्तिको रुपमा नेपाली राजनीतिकमा चिनिएको नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले मानवता सबैभन्दा ठुलो धर्म रहेको बताएका छन् ।  

प्रदेश  नम्बर २ को आठ वटै जिल्लाको भ्रमणमा रहेका ढकालले आइतबार सिराहा जिल्लाको गोलबजारमा आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा बोल्दै नेपाल एक बहुसांस्कृतिक तथा बिबिधता युक्त मुलुक रहेको बताउदै आपसी सदभाब, सह–सम्मान र सह–अस्तित्वलेनै  नेपाली राष्ट्रियता बलियो हुने जिकिर गरे ।

अध्यक्ष ढकालले कोभिड–१९ पिडित गरिब तथा असहाय विभिन्न व्यक्तिहरुलाई राहतस्वरूप खाधान्य सामग्री पनि हस्तान्तरण गरे ।  मानव अधिकारकर्मी श्याम कुमारी शाह तथा उत्तिम लाल मेमोरियल अस्पतालकी डाक्टर सुशिला सिंहले उपलब्ध खाध्य सामाग्रीले मधेशका अति बिपन्न परिवारलाई ठुलो राहत मिलेको भन्दै धन्यवाद दिईन । 
परिवार दलका  प्रबक्ता सन्तोष पौडेलका अनुसार विभिन्न सामाजिक संघ संथाहरुको सहयोगमा प्रदेश नम्बर २ को सबै जिल्लामा राहत सामग्री अध्यक्ष एकनाथ ढकालको उपस्थितिमा सफलतापुर्बक वितरण गरिएको जानकारी दिए ।  राहत वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, सुरक्षा निकाय, मानबअधिकारकर्मी तथा नागरिक अगुवाहरुको पनि उपस्थिति रहेको थियो । 

राहत सामग्री हस्तान्तरण गर्न नेता ढकाल पर्साको बाइपास रोड, वाराको कलैया, रौतहटको बरुडा, सर्लाहीको नवलपुर, धनुषाको गोदार र ठेराकचुरी, महोत्तरीको मटिहानी, सिरहाको लाहन, सप्तरीको महुवा बेलही र राजविराज पुग्नु भएको थियो । दलका प्रवता पौडेलका अनुसार करिब १००० घरपरिवारलाई एक महिनालाइ पुग्ने गरि राहत उपलब्ध गरिएको बताए । 

परिवार दलले राहत वितरणमा सहयोग गर्नु हुने स्थानीय प्रशासन, जनप्रतिनिधिहरु, सुरक्षा निकाय, विभिन्न राजनैतिक दल, सामाजिक संघ संस्था तथा स्थानीयहरुमा धन्यवाद ज्ञापन गरेको छ । दलले यसअघि पनि देशैभरी हजारौको संख्यामा राहत बितरण गरेको थियो भने फन्टलाइनमा खटिने स्वास्थ्यकर्मी शुरक्षाकमी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.