Websoft University

विराटनगर बजार क्षेत्रमा मास्क लगाउनेतर्फ सर्वसाधारण सचेत भएको पाइदैन

 


बिराटनगर साउन २६ गते । रातो तारा डट कम,कोरोना भाइरस महामारीको तेस्रो लहरको चुनौति बढिरहदाँ विराटनगर बजार क्षेत्रमा मास्क लगाउनेतर्फ सर्वसाधारण सचेत भएको पाइदैन । 

सोमबार सामाजिक विकास मन्त्रालयले भीडभाड नगरि मास्क अभियान निकाल्ने क्रममा धेरैलाई मास्क लगाउन आवश्यक रहेको बुझाउनु परेको डा. संगीता राईले जानकारी दिईन्। मन्त्रालयकी कम्युनिटी फिजिसियन डा. राईले दोस्रो चरणको लहरमा जारी गरिएको निषेधाज्ञाले संक्रमण दरमा कमी आएपनि हाल पुनः सो दर बढ्दै गएको बताइएन्। 

यसक्रममा कोभिड १९ संक्रमणमा मृत्यु दर अझैपनि कम हुन नसकेको डा. राईको भनाई छ। उनले भनिन्, ‘संक्रमण दर पुनः बढ्ने क्रममा रहेको छ। ग्रामीण क्षेत्रको स्थानभन्दा शहरमा प्रभाव बढिरहेको छ। यसबाट मृत्यु दर समेत २ देखि ३ प्रतिशत रहेको छ। यसको नियन्त्रणका लागि मास्क अनिवार्य लगाउनु नै हो।’ 

मन्त्रालयले बजार क्षेत्रमा निकाले अभियानका क्रममा कोरोनाविरुद्धको खोप लगाएको हुदाँ मास्क लगाउन नपर्ने बुर्झाइ सर्वसाधारणमा रहेको उनले जानकारी दिइन्। डा. राईका अनुसार सर्वसाधारमा खोप लगाएका हुनाले मास्क लगाउन नपर्ने भन्ने बुर्झार रहेको छ। यद्धपी, अभियानका क्रममा सडकमा मास्क विना, राम्ररी मास्क नलगाएका सर्वसाधारणलाई समेत मास्क अनिर्वाय लगाउनुपर्नेमा आफूहरुले जोड दिएको उनले जानकारी दिइन्। 

अभियानका क्रममा मन्त्रालयले प्रदेशका अन्य मन्त्रालय, भीडभाड हुने सरकारी कार्यालय, ब्यापारिक भवन, मुख्य चौकमा मास्क लगाउनका अभियानलाई निरन्तरता दिने जनाएको छ। सरकारले साउन २३ देखि २९ गते नेपाल मास्क अभियान चलाएको छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.