Websoft University

काठमाडौंमा आज रातीदेखि सवारीसाधन सञ्चालमा रोक


काठमाण्डौ साउन २८ गते । रातो तारा डट कम,कोरोना भाइरसको जोखिम बढेको भन्दै काठमाडौंमा आज रातीदेखि सवारीसाधन सञ्चालमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार आजदेखि रातीको समयमा सवारी साधन चलाउन नपाइने भएको छ । 

कार्यालयले मंगलबार जारी गरेको आदेशमा निशेधाज्ञा भदौ ८ गतेसम्म थपेर आजदेखि रातीको समयमा निजी तथा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउने उल्लेख छ । अत्यावश्यकबाहेक अन्य सवारीहरु बेलुकी ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने भनिएको छ । 

तर सोही आदेशमा सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्ने भनिएको छ । यस्तै सात बजे अगाडि नै व्यपार व्यवसाय बन्द गरिसक्नुपर्ने लगायतका अन्य मापदण्डहरु यथावत राखिएका छन् । पछिल्लो समय काठमाडौंमा दैनिक १ हजारदेखि २ हजारका दरले कोरोना सङ्क्रमित थपिन थालेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.