Websoft University

सरकारले खोप केन्द्र बिस्तार गर्ने

 


काठमाण्डौ साउन २८ गते । रातो तारा डट कम,सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउने केन्द्र विस्तार गरी १६ हजार पु¥याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत खोप केन्द्र १६ हजार पु¥याउने सरकारको योजना रहेको बताउनुभएको हो । 

खोप केन्द्र अव्यवस्थित बनेको भन्दै जनगुनासो बढेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सोमबार काठमाडौंस्थित शिक्षण अस्पताल, चपलीहाइट लगायतका खोप केन्द्रको अनुगमन गर्नुभएको हो । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोपको आपूर्ति बढाएर आगामी चैत मसान्तभत्रि सम्पूर्ण नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता दोहो¥याउनुभएको छ । 

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिले ४ हजार ४ सय २२ खोप केन्द्र रहेकोमा खोपको आपूर्ति बढाएर १६ हजार खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप वितरण गर्ने योजना रहेको ट्वीटमा उल्लेख गर्नुभएको छ । सरकारले खोप वितरणमा ध्यान नदिएको भन्दै चिकित्सक र जनस्वास्थ्य विदहरुले सरकारलाई बारम्बार आग्रह गर्दै आएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.