Websoft University

पोखरा महानगरपालिका वडा नम्बर २५ हुदै बग्ने सेती नदीले एकजना ५ वर्षीय बालकलाई बगाएको छ।

 पोखरा ,रातो तारा डट कम ,पोखराको  हेम्जामा नै डेरा गरेर बस्दै आएका बुद्धि बहादुर तमाङ्का छोरा लाई दिउसोको अन्दाजी ३ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर २५ मसिनाबगरमा पाच वर्षीय बालकलाई सेती नदीले बगाएको हो।

बुवा आमाले काम गर्ने ठाउमा परिवार संगै गएका ५ वर्षीय बालकलाई सेती नदीले बगाएको हो। परिवारका अनुसार उनीहरु बिहानै उठेर कामको शिलसिलामा सेतीको किनारमा पुगेका थिए । आफुहरुले देख्दा काम गर्ने स्थान कै नजिकै छोरा एक्लै बालुवामा खेल्दै थिए।

बालुवा चाल्ने काम गर्दै गर्दा उनीहरुलाई किनारमा रहेका छोरा सेतीको नदिको डिलतर्फ गएको थाहा नै भएन।

बुवाका अनुसार आफुहरुले देख्दा छोरालाई नदीले बगाई सकेको र नदीमा पानीको सतह बढेको कारण छोरालाई बगाएको थोरै देखिएको भएपनि कहा पुर्यायो भन्ने अहिले सम्म थाहा भएको छैन ।

आमाको मन नै हो आफुले जन्म दिएको छोरालाई सेतीले बगाएपछि उनी ब’चाउन खोज्दै थिइन् तर अनेक प्रयास गर्दा पनि छोरालाई भेटाउन सकिएन।

छोरालाई ब’गाउने बित्तिक्कै बुवाले चिच्चाउदै सहयोग मागेको भएपनि सबैजना जुट्दा छोरालाई खोलाले ब’गाइसकेको थियो र पौडी खेल्न नजान्ने भएको कारणले आफुहरु छोरालाई उद्दारको लागि सेतीको बिच भागमा पुग्न पनि नसकेको परिवारले बताएका छन्।

यस स्थानमा ५ वर्षीय बालकलाई सेतीले बगाएको समाचार प्राप्त हुन् साथ् जिल्ला प्रहरी कास्कीको मातहतमा रहेको वडा प्रहरी कार्यालय बगरको टोली उद्दारको लागि पुगेको थियो। स्थानीय बासिन्दा र प्रहरीद्वारा अनेक प्रयास गर्दा पनि आजसम्म उनलाई भेटाउन सकिएको छैन।

हेर्नुहोस् भिडियो:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.