Websoft University

उदयपुर र खोटाङ जिल्ला जोड्ने सुनकोसीमा निर्माणधिन पुलले गती लिन सकेन

 


गाईघाट २७ असार । रातो तारा डट कम,ठेकेदारको चरम लापरवाहिको कारण उदयपुर र खोटाङ जिल्ला जोड्ने सुनकोसीमा निर्माणधिन पुलले गती लिन सकेको छैन । चार वर्ष भित्र निर्माण सम्पन्न गरी सक्नु पर्ने गरी ठेक्का लागेको उक्त पुलको निर्माण कार्य ९ बर्ष बितिसक्दा ४५ प्रतिशत भन्दा बढी काम हुन सकेको छैन । दिक्तेल गाईघाट सडक योजना अन्र्तगत फोक्सीन्टार स्थीत सुनकोशीमा निर्माणधिन आर्क डिजाइनको पक्की पुल निर्माण मा संलग्न गौरी – पार्बती  वाईजी जेंभिको ढिलाईले पुल निर्माणको काम समय भित्रै हुन नसकेको हो । २०७३ चैत २२ गते भित्र सम्पन्न गरी सक्नु पर्ने गरी २०६९ चैत २३ गते ठेक्का संझौता भएको थियो । तर ठेकेदारले बिभिन्न बहानामा पुल निर्माणको काम अघि नबढाए पछि खोटाङगका राजनैतिक दलका प्रतिनिधिहरुले केन्द्रमा गएर दबाब दिएपछि केहि समय पुल निर्माण ले गति लिएको थियो । तर केहि महिना पछि नै ठेकेदारले निर्माणको काम रोकेपछि २०७३ कार्तिकमा पुलको डिजाईन परिवर्तन गरीएको थियो । डिजाईन परिवर्तन संगै पुल निर्माणको म्याद २०७५ चैत ३० गते सम्म थप गरीएको थियो । शुरुमा“ सस्पेन्सन ब्रिज ”मा गरीएको डिजाईन लाई परिबर्तन गर्दै अर्को डिजाइनमा ग्रिएछि पनि ठेकेदारले एक बर्ष जत्ति कामै नगरेको सडक बिभाग पुल योजना पुर्बि क्षेत्र सेक्टर नम्बर १ सुनसरीका साईट इन्चार्ज रबि साहले बताए । निकै दबब दिएपछि बल्ल ठेकेदारले काम शुरु गरेको उनले बताए । निर्माणधिन पुलको हाल सम्म दुई किनाराको चारवटा फाउण्डेसन , चार वटा सबस्ट्रक्चर ,दुबै तर्फ को २०÷२० मिटरको स्टेण्ड लगायतको संरचना मात्र बनेको उनले बताए । ठेकेदार कम्पनिले नक्सा परिर्बतन र कोभिडको कारण देखाउदै पुल ्निर्माणको काममा ढिलाई भएको बताउदै आएको छ । तर स्थानियले भने पुल निर्माणमा चाहिने आबश्यक केहि सामानहरु निर्माण स्थलमा राखेर ठेकेदार एक वर्ष सम्म बेपत्ता भएको बताउछन । केहि समय काम गर्दै बन्द गरेर हिडेपछि पुल निर्माण्ले गती लिन नसकेको फोक्सीङटारका समाजसेबी सिद्धान्त राईले बताए । ठेकेदार ले दृत गतीमा काम गरेको भए अहिले सम्म पुल वनि सक्थ्यो । उनले बताए । तर हेलचेका्रइ गरेर काम सुस्त गतीमा गर्नाले अझै पुल बन्न सकेको छैन । उनले भने । सुनकोसीमा पुल नबन्दा बर्षेनी लाखौ रुपैया खर्च गरेर गाईघाट दिक्तेल सडक आयोजनाले कोसीमा वेलीब्रिज जडान गर्दै आएको छ । बेलीब्रिजको कारण हिउदमा खोटाङग संग सिधा यातायात सेवा संचालन हुने भएपनि बर्षादमा बेलीब्रिज निकाल्नु पर्ने हुदा यातायात सेवा अबरुद्ध हुने गरेको छ ।  साइड इनर्चाज साहले पटक , पटक म्याद थप गरिएको भएपनि ठेकेदार ले तिब्र गतीमा काम गर्न नसकेको बताए । उनले ठेकेदार लाई २०७८ असार १२ गते सम्मको लागी म्याद थप गरिएको बताए । २२ करोड ६७ लाख ११ हजार रुपैया मा ठेक्का संझौता भएकोमा अहिले सम्म १० करोड ३३ लाख १४ हजार भुक्तानी भैसकेको पुल योजना पुर्बि सेक्टर १ का डिइ कैलाश साहले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.