Websoft University

कोरोनाबाट हाल सम्म ९ हजार ३८२ जनाको मृत्यु भइसकेको छ ।


काठमाण्डौ असार २७ गते । रातो तारा डट कम, आज देशभर १ हजार ८ सय ३१ जनाकोरोना सङ्क्रमितथपिएकाछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ९ हजार २१८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका सङ्क्रमित थपिएका हुन् ।  

पिसिआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा पोजेटिभ देखिएको हो भने एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । थपिएका सहित देशभर २६ हजार १७३ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये १७५ जना भेन्टिलेटरको सहायतामा छन् । पिसिआर परीक्षण गर्नेमध्ये २२ प्रतिशतमा पोजेटिभ देखिने गरेको तथ्यांक छ । 

तसर्थ कोरोनाको जोखिम रहेको जनाउँदै मन्त्रालयले स्वास्थ्य सम्वन्धी सम्पूर्ण मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५३३ जना कोरोनाबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा मृतक २० जनामा कोरोना पुष्टि भएको छ । यी सहित हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ जनाको मृत्यु भएको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.