Websoft University

प्रदेश १ मा ३५७ संक्रमणमुक्त, २०३ संक्रमित थपिए


विराटनगर, २७ असार । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७३१ पुगेको छ ।

प्रदेश १ मा आज २०३ जना कोरोना संक्रमित थपिएका छन । ७२६  जनाको पीसीआर परीक्षण गर्दा १०१ महिला र १०२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा ८२, मोरङमा ५४, सुनसरीमा ३९, ते¥हथुममा १३, इलाम र उदयपुरमा ३–३, ताप्लेजुङमा २, संखुवासभा र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको विर्तामोडमा १९, मेचीनगरमा १५, भद्रपुरमा १२, दमकमा १०, अर्जुनधारा र कनकाईमा ९–९, शिवसताक्षीमा ५, कमलगाउँपालिकामा २ र हल्दिबारीमा १, मोरङको विराटनगरमा ३६, सुन्दरहरैचामा ६, लेटाङमा ३, बुढीगंगा र बेलबारीमा २–२, रंगेली, उर्लाबारी, रतुवामाई, पथरीशनिश्चरे र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा २४, धरानमा ८, बराहक्षेत्र र रामधुनीमा २–२, दुहवी, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङमा ११, फेदाप र स्थानीय तह नखुलेका १–१, इलामको माईमा २ र स्थानीय तह नखुलेका १, उदयपुरको त्रियुगामा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा २, संखुवासभाको खाँदबारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयलेजनाएकोछ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७५ हजार ४१० पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३१२ रहेको मन्त्रालय जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.