Websoft University

खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरे पछि– अर्जेन्टिनाले यो सिजनको फुटवल खेलको उपाधि जित्यो


काठमाण्डौ असार २७ गते । रातो तारा डट कम,कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आज बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गर्नुभयो । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गर्नुभयो । ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज बाधक बन्नुभयो । जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ । यससँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल हुनुभएको छ । ३४ वर्षका मेस्सीले सन्यास फिर्ता लिदै अर्जेन्टिनालाई उपाधि दिलाउन सफल हुनुभएको हो । अर्जेन्टिनाको यो १५ औं कोपा उपाधि हो । अर्जेन्टिनाले २८ वर्षपछि पहिलो पटक उपाधि जितेको हो । अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा उपाधि जितेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.