Websoft University

प्रदेश १ मा ४२८ संक्रमणमुक्त, ३०९ संक्रमित थपिए


विराटनगर, ३१ असार । रातो तारा डट कम, प्रदेश १ मा आज ४२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०४ महिला र २२४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ६२ पुगेको छ ।

प्रदेश १ मा आज ३०९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०२ जनाको पीसीआर परीक्षण गर्दा १६५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा ९९, झापामा ९८, सुनसरीमा ८५, धनकुटामा १२, इलाम र उदयपुरमा   ३–३, भोजपुरमा २, संखुवासभा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना पुष्टि भएको   छ ।

मोरङको विराटनगरमा ६१, बेलबारीमा २२, मिक्लाजुङ, सुन्दरहरैचा र पथरीशनिश्चरेमा ३–३, केराबारीमा २,उर्लाबारी, सुनबर्षी, ग्रामथान र कटहरीमा १–१, झापाको दमकमा २७, विर्तामोडमा २५, भद्रपुरमा १४, मेचीनगरमा ९, कनकाईमा ८, अर्जुनधारामा ७, शिवसताक्षीमा ३, कमल गाउँपालिका, हल्दिबारी र बुद्धशान्तिमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा ५१, इटहरीमा २३, बराहक्षेत्रमा ५, इनरुवा र स्थानीय तह नखुलेका ३–३, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाख्रिवासमा ३, स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका, सुर्योदय र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा १, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ हजार ९३७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ४६० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.