Websoft University

नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ७ लाख २७ हजार १ सय ६९ पुगे


काठमाण्डौ साउन ७ गते । रातो तारा डट कम,नेपालमा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ हजार ८ सय २९ कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । 

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर ९ हजार १ सय २२ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ८ सय ५५ र ३ हजार ७ सय ७ एन्टीजेन परीक्षण गर्दा ८ सय ५९ जनामा कोरोना सङ्क्रमणदेखिएको हो ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ६ लाख ७४ हजार ७ सय २६ र एन्टीजेन विधिबाट ५२ हजार ४ सय ४३ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै हालसम्म नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ७ लाख २७ हजार १ सय ६९ पुगेको छ । 

यस्तै गत २४ घन्टामा देशभर १ हजार २ सय ८८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ६ लाख ३७ हजार ६ सय ९० पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप २४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.