Websoft University

“गुणस्तरहीन काम” भन्ने चन्दादातालाई माछापुच्छ्रे गाउपालिकामा ठेकेदारले कु’टेपछि (भिडियोसहित)

काठमाण्डौ साउन ८ गते । रातो तारा डट कम,गुणस्तरहीन काम भएको भन्ने स्थानीय चन्दादातालाई कास्कीको माछापुच्छ्रे गाउपालिकामा ठेकेदारले कु’टेका छन्।माछापुच्छ्रे गाउपालिकाको निर्माणाधीन अत्याधुनिक प्रशासकीय भवनमा गुणस्तरहीन काम भएको भनेर बि’रोध गर्ने स्थानीय बासिन्दा शिव अधिकारीलाई ठेकेदार डम्बर ढकालले मंगलबार निर्माणाधीन भवनस्थलमा कु’टेका हुन्।

स्थानीय बासिन्दा समेत रहेका चन्दादाता शिव अधिकारीले समय नेपाललाई करीब १० करोड रुपियाँमा निर्माण हुँदै गरेको उक्त सुबिधा सम्पन्न प्रशासकीय भवनमा राखिएका झ्याल-ढोकामा कमसल खालका काठ प्रयोग भएको जानकारी दिएका थिए। उनले सालको काठ हाल्नु पर्नेमा ठेकेदार पक्षले यो भन्दा कमसल खालको काठ मलेशियन साल तथा त्यो भन्दा पनि कुकाठ प्रयोग भएको आ’रोप लगाएका थिए।

त्यही क्रममा भवन निर्माणस्थलमा पुगेका ठेकेदार डम्बर ढकालले अधिकारीलाई छातीमा समातेर कु’टेका थिए। त्यसपछि दुवै पक्षबिच हात हाला’हाल भएको थियो।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.