Websoft University

पहिरोले पुरेर मजदुरको मृत्यु


 पाँचथर, श्रावण-८ गते । रातो तारा डट  कम ,पाँचथर हिलिहाङ गाऊपालिका ५ सुभाङ स्थित मध्यपहाडी लोकमार्गमा रोडकै काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेहथुम आठराई गाऊपालिका ५ छातेढुंगा का २७ बर्षीय टिका मोक्तान रहेका छन् । हिजो दिउसो ३ बजे रसुवा कन्ट्रक्सनको मजदुर रहेका मुक्तानको रोडको भित्तामा ग्याबिन भर्ने काम गरिरहेको अबस्थामा १५ मिटर माथीबाट पहिरो खसेर पुरेको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय अमरपुरबाट प्रहरी टोली खटि गई पहिरोबाट उद्धार गरि निकाल्दा मुक्तानको मृत्यु भईसकेको थियो । घटना सम्बन्धी थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पाँचथरबाट भईरहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.