Websoft University

अनलाईन कक्षा को निहुमा निजि तथा सामुदायिक बिधालयहरुले लुट धन्दा मच्चाएको भन्दै ज्ञापनपत्र बुझाए

 


गाईघाट १० साउन । रातो तारा डट कम,अनलाईन कक्षा को निहुमा निजि तथा सामुदायिक बिधालयहरुले लुट धन्दा मच्चाई रहेको भन्दै चार वटा बिध्यार्थि संगठनहरुले आईतबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएको छन । 

सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेल लाइ बुझाएको ज्ञापन पत्रमा नीजी तथा सामुदायिक बिध्यालयहरुले बिध्यार्थिहरु बाट अनलाईन कक्षाको निहुमा उठाउदै आएको चर्को शुल्क तत्काल बन्द गरीनु पर्ने उल्लेख छ । १३ वुदे माग सहित  अनेरास्ववियु ,अनेरास्ववियु (क्रान्तीकारी) , अखिल क्रान्तीकारी र नेपाल बिध्यार्थि संघ ले संयुक्त रुपमा बुझाएको ज्ञापन पत्रमा आफुहरुले राखेको माग पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएकाछन । 

उनीहरुले अनलाईन कक्षा प्रभाबकारी हुन नसकिरहेको अबस्थामा बिध्यार्थिहरु बाट चर्को शुल्क लिएर बिध्यालयहरुले ठगी गरिरहेको बताएकाछन । ज्ञापन पत्रमा अनलाईन कक्षाको शुल्क, परिक्षा, पाठयपुस्तक , कोचिङ, टयुसन, गाडिभाडा ,खेलकुद, ल्याब लगायतमा मनपरि शुल्क लिदै आएकोले उक्त शुल्क फिर्ता गर्न आग्रह गरीएको छ । जिल्ला स्थीत नीजी बिध्यालयहरुले कोरोना महामारी कै बेला बिध्यार्थि भर्ना लगाएत अन्य शुल्क बृद्धि गरी बिध्यार्थिहरु बाट रकम उठाएको अभिभाबकहरुले बताउछन ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.