Websoft University

नरेन्द्र चापागाईं स्मृति पुरस्कारबाट दुई स्रष्टा पुरस्कृत

 


विराटनगर साउन १० गते । रातो तारा डट कम, डा. नरेन्द्र चापागाई स्मृति प्रतिष्ठान विराटनगरले एक कार्यक्रम बीच दुई जना स्रष्टालाई पुरस्कार समर्पण गरेको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले अग्रज साहित्यकार विश्वराज पाण्डे र साहित्यकार हरिप्रसाद बराललाई डा. नरेन्द्र चापागाई पुरस्कार समर्पण गरेको हो । प्रतिष्ठानले पाण्डेलाई २१ हजार राशिको ‘डा. नरेन्द्र चापागाई स्मृति साहित्य पुरस्कार’ र बराललाई ११ हजार राशिको ‘डा. नरेन्द्र चापागाई स्मृति युवा प्रतिभा पुरस्कार’ समर्पण गरेको छ । 

कार्यक्रममा पूर्व न्यायाधीश भीमेन्द्रबहादुर कार्की, प्रतिष्ठानक संरक्षक सरला चापागाईं, अध्यक्ष मधु पोखरेलले दोसल्ला ओढाएर सम्मानपत्र र नगद समर्पण गरेका थिए । प्रतिष्ठानले हरेक वर्ष दुईजना स्रष्टालाई नगदसहित पुरस्कृत गर्दै आएको छ । 

सो अवसरमा वरिष्ठ समालोचक दधिराज सुवेदी, प्राज्ञ गंगा सुवेदी, साहित्यकार बद्रीविशाल पोखरेल, प्राज्ञ खेम नेपाली, कविराज न्यौपाने, प्रतिष्ठानका अध्यक्ष मधु पोखरेल, साहित्यकार दिङ्लाली कान्छोलगायतले डा. नरेन्द्र चापागाईंको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरे । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.