Websoft University

प्रदेश १ का जिल्लामा खोप वितरण शुरु

विराटनगर, १० साउन । रातो तारा डट कम, प्रदेश १ सरकारले कोभिड १९ विरुद्धको खोप वितरण शुरु गरेको छ । १४ वटै जिल्लामा शनिबार देखि खोप वितरण शुरु गरिएको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएको खोपहरु वितरण शुरु गरिएको आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिनुभयो । उहाँका अनुसार आज सम्म सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लाहरुमा भेरोसेल खोप पठाईएको छ । उहाँका अनुसार भोली सम्ममा प्रदेश १ का सवै जिल्लाहरुमा खोप वितरण भईसक्ने छ ।

प्रदेश १ मा १ लाख ६९ हजार डोज भेरोसेल खोप र ४८ हजार भायल ( २ लाख ४० हजार डोज) जोनसन एण्ड जोनसन खोप आएको आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिनुभयो । उहाँका अनुसार भेरोसेल खोप लगाईसकेपछि मात्र जोनसन खोप वितरण शुरु गरिने छ ।  

भेरोसेल खोप ५४ वर्षमाथि र जोनसन एण्ड जोनसन खोप ५० वर्षमाथिका व्यक्तिहरुलाई लगाईने प्रदेश सरकारको तयारी छ ।   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.