Websoft University

लागु औषध, खैरो हिरोईन सहित ३ जना पक्राउ

 

सुनसरी आशाढ २१ गते । रातो तारा डट कम, सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं। ६ स्थित बाट प्र।१-०२-४२प ७२९७ नं। को डुक मोटरसाईकल प्रयोग गरी अवैध लागू औषध खैरो हिरोईन कारोबार गर्दै गरेको भन्ने सुचनाको आधारमा जिल्ला सुनसरी ईटहरी उ।म।न।पा। वडा नं। ६ बस्ने बर्ष २३ को दिपेश तामाङ, ऐ।ऐ। ८ बस्ने बर्ष २५ को माईकल भन्ने शम्भु कार्की र ऐ।ऐ। ५ बस्ने बर्ष २० को सुजन श्रेष्ठले लागु औषध खैरो हिरोईन कारोबार गर्दै गरेको अबस्थामा जम्मा २१ ९एक्काईस० ग्राम लागु औषध खैरो हिरोईन, बिभिन्न कम्पनिको मोबाईलहरु  ३ थान, नगद रु ३१,६००।– (एक तिस हजार छ सय) र सुन जस्तो देखीने पहेलो धातु ४३।९० तौल भएको किचिएको बेरुवा औठी १ थान र हर्कमाया थापाको नामको nmb  बैंकको खाली चेक थान १, शम्भु कार्कीको नामको सवारी चालक अनुमती पत्र थान १ फेला पारी उक्त लागु औषधमा प्रयोग गरेको प्र।१ -०२-०४२प ७२९७ नं। को डुक मोटरसाईकल थान १ समेत बरामद गरी अवैध लागू औषध खैरो हिरोईन कारोबारमा संलग्न दिपेश तामाङ, माईकल भन्ने शम्भु कार्की र सुजन श्रेष्ठलाई पक्राउ गरी लागु औषध मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतवाट म्याद थप भई अनुसन्धान कार्य भई रहेकोछ ।                                                            


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.