Websoft University

लागुऔषध मुद्धाका फरार प्रतिबादी पक्राउ

 


बिराटनगरअसार २६ गते । रातो तारा डट कम, सम्मानित सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्धामा दोषी ठहर भई फरार रहेका दुई प्रतिबादीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी-२ का २८ बर्षीय बिकाश कार्की र मोरङ कानेपोखरी-३ का ४१ बर्षीय लक्ष्मण सार्की रहेका छन । फरार प्रतिबादी खोजतलास अभियान अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालय(प्रादेशिक अनुसन्धान RIT) समुहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो पक्राउ गरेको हो । पक्राउ परेका लक्ष्मणलाइ सम्मानित सुनसरी जिल्ला अदालतबाट  मिति २०७३ साल भदौ ४ गते ४ बर्ष कैद र ४० हजार रुपैया जरिवाना तोकिएकोमा उनि फरार रहदै आएका थिए । यसै गरी पक्राउ परेका अर्का बिकाशलाई पनि सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७३ साल भदौ २७ गते १ बर्ष कैद र ७ हजार रुपैया जरिवाना तोकिएकोमा उनि पनि फरार रहदै आएका थिए । फरार पश्चात पक्राउ परेका दुबै जनालाइ सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गराई कैद तथा जरिवाना असुल उपरको लागि क्षेत्रिय कारागार झुम्का पठाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.