Websoft University

सुन्दरहरैंचा ७ मा मास्क लगाउने र हात धुने तरिका सिकाउँदै स्वास्थ्य सामाग्री वितरण गर्दै सचेतना कार्यक्रम !


 शिव भट्टराई,मोरङ असार  २६ गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा नगरपालिकाका विभिन्न वडा मार्फत कोरोना सचेतना अभियान सञ्चालन गरिएको छ।नगरमा पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढ्न थालेसँगै कोरोना सचेतना कार्यक्रम पनि निरन्तर अघि बढाइएको हो । खासगरि नगरपालिकाका विभिन्न वडाहरुले लक्षित वर्गका कार्यक्रम अन्तरगत कोरोना सचेतना कार्यक्रमलाई प्राथमिकतामा राखेर सञ्चालन गरिरहेका छन् ।


सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर २, वडा नम्बर ३ र वडा नम्बर ७ ले विभिन्न लक्षित वर्गका मानिसहरलाई कारोना सचेतना जगाउनुका साथै कोरोनाबाट बच्न स्वास्थ्य सामाग्रि समेत वितरण गर्दै आएका छन् ।


यसैगरि सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ ले अपांगता भएकाहरु, महिलाहरु र मधेशी मुस्लिम पिछडा वर्गलाई लक्षित गरि विभिन्न संस्थाहरुको सहकार्यमा कोरोना सचेतना कार्यक्रम सञ्चालन गरेको छ।

वडाका विभिन्न बस्तीमा बसोबास गर्ने अपांगता भएका व्यक्तिहरु, विपन्न समुदायका महिलाहरु र मधेसी, मुस्लिम, पीछडा वर्गका मानिसहरुको घरमै पुगेर जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मी लगायतको टोलीले कोरोना सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको हो । उनीहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै कोरोना सम्बन्धि जनचेतना जगाइएको हो ।

टोलीले प्रत्येक परिवारलाई एक प्याकेट मास्क, सेनिटाइजर, हात धुने सावुन र औषधि वितरण गरेको हो । यस्तै टोलीमा सहभागि एच.ए. विरेन्द्र उराउ, ल्याव असिस्टेन्ट सुजन निरौला, उज्ज्वल पोखरेल लगायतले कोरोना रोगबाट बच्न अपनाउनु पर्ने उपाय, हात धुने तरिका लगायतका विषयमा जानकारी गराउनु भएको थियो । वडाध्यक्ष चैतन्य प्रसाद सिटौलाले वडाले अपांगता भएका व्यक्तिहरु, विपन्न परिवारका महिलाहरु र मधेसी, मुस्लिम पीछडा वर्गको हितका लागि आगामी वर्षहरुमा अझ बढी कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

यसरी पछाडी परेका लक्षित समुदायका मासिनहरुलाई कोरोना सम्बन्धि सचेतना जागउनुका साथै स्वास्थ्य सामाग्री वितरण गरिएकोमा उनीहरुले समेत खुशी व्यक्त गरेका छन् । कतिपय मानिसहरुमा सचेतनाको अभाव रहेकाले समेत कोरोना संक्रमण फैलिरहेको पाइएकोमा कोरोनाबाट कसरी बच्ने भन्ने जानकारी नपाएकाहरु सचेत भएपछि कोरोना रोकथाममा पनि मद्दत पुग्ने वडाको विश्वास छ ।टोलीमा वडासदस्यहरु विष्णु प्रसाद घिमिरे, मीनादेवी ओझा, भुवनसिंह आले मगर, सुमित्रा गहतराज, आयोजक संस्था गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा. लि. इटहरीका प्रवन्ध निर्देशक रेवती निरौला, अपांगता भएकाहरुको वडा समिति अध्यक्ष पार्वती गुरागाईं, मधेसी, मुस्लिम र पीछडा वर्ग वडा समिति संयोजक तथा आशा नेपालका अनुरोध शाह, पत्रकार शिव भट्टराई भोजपुरे, सुन्दरहरैंचा नगरपालिकाका स्वास्थ्यकर्मी एच.ए.विरेन्द्र उराउ, ल्याव असिस्टेन्ट सुजन निरौला र उज्ज्वल पोखरेल लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.