Websoft University

कांग्रेस महानगर सचिवमा भट्टराईको दाबी

 


विराटनगर असार २६ गते । रातो तारा डट कम, नेपाली कांग्रेसको १४ औं महाधिवेनको तयारी तीव्र पारिएको छ । 

क्रियाशील सदस्यको अझै टुंगो लाग्न बाँकी रहे पनि वडादेखि केन्द्रसम्मको नेतृत्वसहित विभिन्न पदमा पुग्नका लागि तयारीलाई तीव्रता दिएका छन् । उनीहरूले नेता र कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् । यसै सिलसिलामा प्रदेश राजधानी विराटनगर महानगर समितिका विभिन्न पदका आकांक्षीहरूको चर्चा सुरु भएको छ । 

आकांक्षीमध्ये विद्यार्थी राजनीति हुँदै हाल कांग्रेसको राजनीति गर्दै आएका तेजिन्द्र भट्टराईले सचिवमा दाबी प्रस्तुतगरेकाछन् । हाल मोरङ कांग्रेस संगठन विभागका सदस्यसचिव रहेका भट्टराईले सचिवमा उम्मेदवारी दिने बताए । त्यसका लागि नेता र कार्यकर्ताको साथ रहने उनको विश्वास छ । नेविसंघ क्षेत्रीय सदस्य, सहसचिवको समेत उनले जिम्मेवारी बहन गरिसकेका छन् । २०५५ सालमा महेन्द्र मोरङबाट नेविसंघको राजनीति सुरु गरेका भट्टराईले भने, “म कुनै गुट र उपगुटको पछि लागेर भन्दा पनि सबैको साथ र सहयोगबाट सचिवमा दाबी प्रस्तुत गर्ने योजनामा छु ।” 

तीन पटक नेविसंघको महाधिवेशन प्रतिनिधि भएका भट्टराई शाही शासनका विरुद्ध आन्दोलनमा उत्रिँदा पटक–पटक प्रहरी हिरासतमा पुगेका थिए । “मैले सम्पूर्ण समय पार्टी संगठनमै खर्च गर्ने योजना बनाइसकेको छु र यसभन्दा अगाडि पनि पार्टीका हरेक गतिविधिमा सहभागी भएको छु,” उनी भन्छन्, “मैले आफैंले मूल्यांकन गर्दा मेरा लागि सचिव पद उपयुक्त छ ।” कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । त्यसअघि साउन १२ देखि वडा अधिवेशन सुरु हुनेछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.