Websoft University

‘भेरोसेल’ खोप ल्याउन नेपाली जहाज आज चीन जादै,


काठमाण्डौ असार २४ गते । रातो तारा डट कम, नोबेल कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज आज चीन जाँदै छ । १० लाख मात्रा ‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज राति ११ बजे बेइजिङ जान लागेको निगमले जानकारी गराएको छ । खोप लिएर विमान भोलि दिउँसो २ बजे नेपाल फर्कनेछ र एक हप्तापछि फेरि १० लाख मात्रा खोप लिनका लागि विमान बेइजिङ पठाइनेछ । नेपाल सरकारले खरिद गरेको ४० लाख मात्रा कोरोनाविरुद्धको खोप अबको कम्तिमा चार हप्ताभित्र ल्याउने योजना रहेको निगमले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने आगामी साउन ८ गतेसम्म खोप ल्याउन लागिएको जनाएको छ । चीनको सिनोफार्म कम्पनीबाट सरकारले सरकार–सरकार (जिटुजी) मार्फत चीनबाट खोप खरिद सम्झौता गरेको हो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.