Websoft University

लायन्स क्लव डिष्ट्रिक ५५ ए वान जोन ३६ द्वारा ‘सर्भिस विक’मा ९ कार्यक्रम

 


विराटनगर । रातो तारा डट कम, लायन्स क्लव डिष्ट्रिक ५५ ए वान जोन ३६ ले एक हप्तामा विभिन्न ९ वटा सेवामूलक काम गरेको छ । 


डिष्ट्रिक गभर्नर रेवतबहादुर कार्कीले जुलाई १ तारिक देखि ७ तारिकलाई सर्भिस विक घोषणा गरेका थिए । सोही घोषणा अनुसार लायन्स क्लव डिष्ट्रिक ५५ ए वान जोन ३६ ले ७ वटा कार्यक्रम गर्नुपर्ने थियो । तर, सो अवधिमा आफूहरुले ९ वटा कार्यक्रम गरेको जोन चियरपर्सन घनश्याम पोखरेलले जानकारी दिए । 

लायन्स क्लवले विराटनगरस्थित मानवसेवा आश्रमका ७७ जना वृद्धवृद्धालाई निःशुल्क सुगर फ्रि जाँच, बालिका स्कुलमा २ सय वटा वृक्षारोपण, मानवसेवा आश्रममै २० हजार बराबरको मास्क र सेनिटाइजर वितरण तथा ४ लाख मूल्य बराबरको चामल प्रदान गरेको थियो । 

यस्तै क्लवले रक्तदान कार्यक्रम, वेट चेकअप क्याम्प तथा ब्लड प्रेसर जाँच जस्ता कार्यक्रम गरेको लायन्स क्लव डिष्ट्रिक ५५ ए वान जोन ३६ का जोन चियरपर्सन घनश्याम पोखरेलले जानकारी दिए । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.