Websoft University

भोरोसेल खोप ५५ वर्षमाथिका नागरिकलाई दिइने


काठमाण्डौ असार २४ गते । रातो तारा डट कम, सरकारले चीनबाट ल्याइने भोरोसेल खोपको पहिलो मात्रा ५५ वर्षमाथिका नागरिकलाई दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा.समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको खोप अर्को हप्तादेखि लगाउन सुरु गरिने बताउनुभयो । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत गत वैशाख ३१ गतेबाट पहिलो मात्रा (डोज) लगाउन सरकारले नागरिकबाट आवेदन माग गरेको थियो । कोभिड–१९ पहिलो डोज खोपका लागि करिब १४ लाख नागरिकले स्वैच्छिक आवेदन दिएको पनि डा अधिकारीले जानकारी दिनुभयो । गत वैशाख ३१ गतेबाट सुरु भएको आवेदन माग अनुसार तेस्रो सातासम्म करिब १४ लाख नागरिकले स्वैच्छिक आवेदन दिएको खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले बताउनुभयो । सरकारले खोप लगाउन चाहने नागरिकको विवरण संकलन गर्दै खोप लगाउन चाहने नागरिकबाट सार्वजनिक रुपमा विवरण माग गरेको हो । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.