Websoft University

अमेरिकाबाट १५ लाख खोपको मात्रा नेपाल आइपुग्ने


काठमाण्डौ असार २८ गते । रातो तारा डट कम, अमेरिकाद्वारा सहयोगस्वरुप प्राप्त जोन्सन एण्ड जोन्सनको १५ लाख मात्रा कोरोनाविरुद्धको जान्सिन खोप आज नेपाल आइपुग्ने भएकोछ । बिहान ९ बजेर ४० मिनेटमा कतार एयरवेजको नियमित उडानमा खोप आउन लागेको हो । सरकारले यो १५ लाख मात्रा खोप कस्ता÷कस्ता मानिसलाई लगाउने भनेर निर्णय अझैँ गरिसकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले भने जोखिमयुक्त र छुटेका समूहका नागरिकलाई खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो । काठमाडौँमा हिजो आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशले अब कोरोनाविरुद्धको खोपको अभाव व्यहोर्नु नपर्ने दाबी गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले अब निरन्तर खोप ल्याउनका लागि सरकार लागि परेको बताउनुभयो ।  यही वर्षभित्र सबै जनसंख्यालाई खोप लगाइसक्ने सरकारको लक्ष्य रहेको उहाँको भनाई थियो ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.