Websoft University

फेरी पेट्रोल, डिजेल,मटितेलको मूल्य बढ्यो


काठमाण्डौ असार २३ गते । रातो तारा डट कम, नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले हिजो फेरि इन्धनको मूल्य बढाएको हो । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक सय २७ रुपैयाँ बनाएको थियो । 

पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य एक सय २९ रुपैयाँ पु¥याएको छ । डिजेल÷मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर एक सय १२ रुपैयाँपुगेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७ सय ४५ डलर पु¥याईएको छ । 

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरिएकोछ । गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ । 

गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल÷मटितेल तथा हवाइ इन्धन (आन्तरिक)को साबिकको विक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो । निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ । मूल्यवृद्धिको चौतर्फी विरोध भएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.