Websoft University

यातायातको कर÷राजस्व आजदेखि बागमति प्रदेशमा विद्युतीय माध्यमबाट बुझाउन सकिन

काठमाण्डौ साउन ८ गते । रातो तारा डट कम, बाग्मती प्रदेशका यतायात सम्बद्ध कर÷राजस्व आजदेखि विद्युतीय माध्यमबाट बुझाउन सकिने भएको छ । यो सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौडाबाट आज एक कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो । उहाँका अनुसार यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इ–वालेट र एपबाटै तिर्न सकिने छ । ब्लुबुक नवीकरण लगायतका कामका लागि राजश्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हट्ने पनि उहाँको भनाइ छ । यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ । वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनेछ । प्रणालीबाटै तिर्न बाँकी कर लगायतको जानकारी लिएर अनलाइनबाट राजस्व भुक्तानी गर्न सकिने छ । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.