Websoft University

बिभिन्न बिषयमा छलफल गर्न कांगे्रसको बैठक बस्ने

 


काठमाण्डौ साउन ८ गते । रातो तारा डट कम,पार्टीको महाधिवेशन लगायत बारेमा छलफल गर्न नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक आज बस्दैछ । बिहान ९ बजे पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक बस्ने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रिपरिषद् बिस्तार, सत्ता साझेदारी, आगामी रणनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ । प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने निर्णयपछि काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सभापति देउवाको निवासमा बस्न लागेको हो । पार्टी कार्यालय सानेपामा क्रियाशील सदस्यता बारेको विवादका कारण नेताकार्यकर्ता धर्ना बसेपछि काँग्रेस बैठक त्यहाँ बस्न नसकेको नेताहरूले बताएका छन् । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.