Websoft University

क्रिकेटमा इंग्ल्याण्ड विजयी


काठमाण्डौ असार ३०  गते । रातो तारा डट कम, पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेटमा इंग्ल्याण्डले क्लिन स्विप गरेको छ । गएराति भएको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तालाई ३ विकेटले हराउदै इंग्लान्डले ३–० ले सिरीज जितेको हो । 

पाकिस्तानले दिएको ३ सय ३२ रनको फराकिलो लक्ष्य इंग्ल्यान्डले ४८ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो । यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३१ रन बनाएको थियो । 

पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५८ रनको शतकीय इनिङ्स खेल्नुभएको थियो । मोहमद रिजवानले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा इमाम उल हकले ५६ रनको योगदान दिनुभएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.