Websoft University

निवर्तमान प्रधानमन्त्री ओलीले आज सरकारी निवास बालुवाटार छाड्ने


काठमाण्डौ असार  ३० गते । रातो तारा डट कम,निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट जानुु हुने भएको छ । 

आज बिहान ११ बजे ओलीले सरकारी निवास छाड्नु हुने भएको हो । प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हिजो नियुक्त हुनुभएको थियो । देउवा सपथग्रहण र पदभार ग्रहण गरेपछि निजी निवास बूढानिलकण्ठ जानुभएको थियो । उहाँ अब केही दिनमा सरकारी निवास बालुवाटार सर्नुहुनेछ । 

आज ओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमालेको भातृ संगठन युथ फोर्सले स्कर्टिङ गरेर पु¥याउने तयारी गरेको छ । हिजो क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताइएको थियो । एमालेका युवा संघ ईञ्चार्ज महेश बस्नेतका अनुसार अध्यक्ष ओलीलाई आज बालुवाटारदेखि बालकोटसम्म स्कर्टिङ गर्नेतयारी छ । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.