Websoft University

माथिल्लो तामाकोशीबाट आजदेखि बिजुली उत्पादन हुने

 


काठमाण्डौ असार २१ गते । रातो तारा डट कम, राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजबाट औपचारिक रूपमा बिजुली उत्पादन गर्ने भएको छ । कुल ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागिएको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले सीआईएनसँग बताउनुभयो । 

उहाँका अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । आयोजनाले हिजो मात्रै विद्युतगृह रहेको गोंगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २ सय २० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ भने अस्ति ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरिएको थियो । 

आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोंगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर र त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । नेपाली नागरिकले १० वर्षदेखि देखेको सपना आज पूरा हुन लागेको उहाँले प्रतिक्रिया दिनुभयो । स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना ५ वर्षमा सक्ने भिनए पनि ११ वर्षमा पूरा भएको हो । 

यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने तयारी गरिएको छ । आयोजनाको सुरुआती लागत ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याज लगायतका कारण लागत भने बढेर झण्डै ८० अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.