Websoft University

अगुवा कृषकहरुलाई व्यवसायिध जडिबुटी समबन्धी तालिम

 

मोहन कुमार राई÷ आषाढ २१ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका आयुर्वेद शाखाले स्थानीय २० बढी कृर्षकहरुलाई व्यवसायीक जडिबुटी खेतीका लागि १ दिने तालिम सञ्चालन गरेको थियो । 

स्थानीय स्तरमा पाइने महत्वपूर्ण जडिबुटीले पु¥याउने फाइदा, कुन रोगलाई कुन जडीबुटी प्रयोग गर्न सकिने, लगायत हावापनी तापक्रम सुहाउदो जडिबुटीको खेति गर्न सके गाउँसभाज र राष्ट्रलाई नै सहयोग पुग्ने कार्यक्रमका सहजकर्ता कविराज निरीक्षक दिनेशप्रसाद रायले वतानुभयो । शनिबार सञ्चालित तालिममा कृषकहरुलाई समय, उचाई, तापक्रम अनुसार सुहाउँदो जडीबुटीको व्यवसायीक खेती गर्न सुझाएको थियो । कुरिलो, घिउकुमारी, चिराइतो, हर्रो, बर्रो, अमला, रुद्राक्ष, जठामासी, टिमुर, मरचि, अलैची, अडिर, भुईअमला, जेठीमधु, सर्पगन्धा जस्ता महत्वपूर्ण जडीबुटीको व्यवसायीक खेती गर्न सके औषधी र व्यसायीक हुन सक्ने भएकाले अन्य देशमा समेत निर्यात गर्न सके धेरै फाइदा हुने जनाको छ । 

कोभिड १९ को महामारी फैलिरहेको अवस्थामा आयुवेद योग केन्द्रका प्रशिक्षक चन्द्र तामाङद्धारा सहभागीहरुलाई अक्सिजन लेवल बढाउन सकिने योग अभ्यास समेत गराइएको थियो  । सामाजिक दुरी तथा स्वास्थ्य मापदण्डको पालना गर्दै सञ्चालित सो तालिम चैनपुर नगरपालिका वडा नंं. ३ का वडाध्यक्ष बलबहादुर अधिकारीको अध्यक्षतामा उद्घाटित तालिमममा स्थानीय कृषकहरु, सामाजिक संघसंस्था एवं सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, लगायतको उपस्थिति रहेको आयुर्वेद औषधालय शाखाको प्रमुख कविराज निरीक्षक दिनशप्रसाद रायले बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.