Websoft University

टी–ट्वान्टी क्रिकेट सिरिज १७ जुलाईमा हुने


काठमाण्डौ असार २६ गते । रातो तारा डट कम,भारत र श्रीलंकाबीचको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज सरेको छ । घरेलु टोली श्रीलंकाका ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावर र डाटा एनालिस्ट जिटी निरोशनलाई कोरोना भाईरसको सङ्क्रमण देखिएपछि सिरिज सरेको हो । इंग्ल्यान्ड भ्रमणबाट फर्किएपछि गरिएको परिक्षणमा फ्लावर र निरोशनलाई कोरोना पोजेटिभ देखिएको थियो । भारत र श्रीलंकाबीचको तीन खेलको एकदिवसीय सिरिज मंगलबारबाट सुरु हुने तालिका रहेको थियो । तर, अब एकदिवसीय सिरिज जुलाई १७ बाट सुरु हुनेछ । यस्तै तीन खेलको टी–ट्वान्टी सिरिज जुलाई २४ मा सुरु हुनेछ । यसअघि जुलाई २१ बाट सुरु हुने तालिका रहेको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.