Websoft University

स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाण्डौ असार ३१ गते । रातो तारा डट कम कोरोना महामारीको रुपमा रहेको कोभिड–१९ को न्यूनीकरणका लागि नुवाकोटमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । एकैपटक गाउँका ४३ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । वोधिसत्व विहारसँगको सहकार्यमा एन्जिलिना शिवशक्ति ट्रस्टले नुवाकोटका ४३ वटा स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको हो । ट्रष्टका अध्यक्ष नुवाकोटको तारुका निवासी शिव अधिकारीले किस्पाङ, मेघाङ गाउँपालिका, बेलकोटगढी नगरपालिका, विदुर नगरपालिका, ककनी गाउँपालिका, तादी गाउँपालिकाको स्वास्थ्य चौकी र तारकेश्वर गाउँपालिकामा रहेको दाङसिङ प्रहरीचौकीलाई कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । मास्क, सेनिटाइजर लगायतका स्वास्थ सामग्री वितरण गरिएको हो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.