Websoft University

जिल्ला अस्पताल संखुवासभालाई स्वास्थ्य सामग्री सहयोग

 

 संखुवासभा असार २६ गते । रातो तारा डट कम, संखुवासभा समाज यूएईबाट जिल्ला अस्पताल संखुवासभालाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । कोभिड–१९ को संक्रमण विश्वभर फैलिरहेको वेला संखुवासभाबाट युएईमा विभिन्न कामको शिलशिलामा पुगेका नेपालीहरुको साझा संस्था संखुवासभा समाज युएईद्धारा जिल्ला अस्पताल संखुवासभालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । प्राप्त सामग्री  शुक्रबार एक कार्यक्रम बीच संखुवासभा समाज यूएईका प्रतिनिधीको रुपमा पत्रकार नवीन गुरुङ र स्वास्थ्यकर्मी अविन गुरुङले जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामग्रीहरु जिल्ला अस्पतालका मेडीकल सुपरीटेन्डेण्ड डा.सुन्दरश्याम झा र अस्पताल विकास समितिका सदस्य सरोज बज्राचार्यलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो । सेनिटाइजर ८ ग्यालेन, ग्लोब्स ४० बक्स र सर्जिकल माक्स १५ प्याकेज रहेको थियो । अस्पताल विकास समितिका सदस्य सरोज बज्राचार्यले विदेशमा रहेर पनि भावनात्मक रुपमा आफ्नो गाउँठाउँको मायाँ र स्नेहका कारणले जिल्ला अस्पताललाई सहयोग पठाएको भन्दैै संखुवासभा समाज यूएई परिवारलाई धन्यवाद दिए । जन्मथलो संखुवासभा भई हाल कर्मथलोको रुपमा प्रवास यूएईमा विभिन्न कामको सिलसिलामा पुगेका नेपालीहरुको साझा संस्था संखुवासभा समाज यूएईले यो कोभिड १९ को महामारी र संक्रमणदर बढि रहेको समयमा आफ्नो गाउँठाऊँमा केही सहयोग गर्ने उद्धेश्यले स्वास्थ्य सामग्री पठाएको समाजका सचिव रमेश गुरुङले बताए । विश्वभर कोरोना भाइरसको महामारी बढिरहेको समयमा आफ्नो जिल्लालाई केही सहयोग गरौं भन्ने उद्धेश्यले समाजले सकेको सहयोग गरेको समाजका अध्यक्ष बलराम राईले बताए । उक्त संखुवासभा समाज युएईले जिल्ला अस्पताल संखुवासभा र चैनपुर आइसोलेसनका लागि भनेर सामानहरु पठाएको थियो । चैनपुर आइसोलेसनमा केहीदिन अगाडी नै सामानहरु हस्तान्तरण भईसकेको छ । चैनपुरमा सेनिटाईजर १ सय लिटर, सर्जिकल मास्क ५० बक्स, सर्जिकल ग्लोब्स ८० बक्स, के एन ९५ मास्क विथ फिल्टर ६०० थान र फेस शिल्ड ६० थान उपलब्ध गराएको थियो । दुवै ठाऊँ चैनपुर र जिल्ला अस्पताललाई गरि १ लाख ३१ हजार ६५० रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको  जिल्ला अस्पताल संखुवासभाले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.