Websoft University

धारीलो हतियार प्रहार गरी हत्या गर्ने पक्राउ

 


मोहन कुमार राई ÷ आषाढ २६ गते । रातो तारा डट कम, संखुवासभा, खाँदवारी नगरपालिका वडा नं. १ स्थित सुनडाँडामा दिदिको घरमा वस्दै आएको पेमा शेर्पालाई धारीलो हतियार प्रहार गरी कर्तव्य गरी मार्ने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको  छ । 

शुक्रवार खादवारी नगरपालिका वडा नं. १ स्थित  तिलार नयाँवस्तीमा रहेको खोल्सीमा मृत पेमाको लास स्याउलाले छोपेको अवस्थामा फेला परेको प्राप्त जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्र.ना.उ.समेतको टोली घटना स्थल पुगेको थियो । 

चिचिला गाउँपालिका वडा नंंं २ स्थायी वसोवास भई हाल खाँदवारी नगरपालिका वडा नं. १  स्थित दिदीको घरमा वस्दै आएका २२ वर्षे पेमा शेर्पा लेवर काम गर्र्दै आएका थिए । खाँदवारी नगरपालिका वडा नं. १ वस्ने कृष्ण बहादुर तामाङको छोरा वर्ष २४ को मुकेश तामाङले धारिलो हतिया प्राहर गरी कर्तव्य गरी मारी लासलाई नजिकैको खोल्सामा छिपाउन  उनको श्रीमती वर्ष २२ को रेश्मा राईको समेत मिलेमतो रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हुँदा दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पूर्व रिसिवीको कारण तामाङले हत्या गरेको घटनाको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्रोतले जनाएको छ । घटनामा प्रयोग भएको धारीलो हतियार समेत बरामद गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.