Websoft University

किसानलाई मौरीका घार वितरण


काठमाण्डौ असार २३ गते । रातो तारा डट कम, रुपन्देहीको देवदह नगरपालिकाले मौरीपालक किसानलाई मौरी घार वितरण गरेको छ । नगरपालिकाले मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत किसानहरुलाई मौरी घार वितरण गरेको हो । देवदह क्षेत्र भित्रका १३ जना विपन्न तथा युवालाई मौरीपालक किसानलाई ५ वटा मौरी सहितको घार दिईएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा गठन भएको स्थानीय सिफारिस समितिले छनोट गरेका १३ जना किसानलाई साढे ६ लाखमा चितवनबाट मौरी घार ल्याएर वितरण गरिएको नगरप्रमुख हिराबहादुर खत्रीले जानकारी दिनुभयो । देवदह नगरपालिकाले मौरी घारको लागि निवेदन माग भएको र आएको निवेदन माथि छानविन गरी सिफारिसका आधारमा घार वितरण गरेको हो । रेडियो देवदह, रुपन्देही



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.