Websoft University

निर्माणधिन पक्की पुल को पिलर र स्पान बाढिले बगाए पछि मंन्त्रालयले छानविन समिति गठन गर्यो

 


गाईघाट  २० असार् । रातो तारा डट कम,सिवाई— वेल्ही जोडने त्रियुुगा नदीमा निर्माणधिन पक्की  पुल को पिलर र स्पान  बाढिले बगाए पछि मंन्त्रालयले छानविन समिति गठन गरेको छ । समितिमा रहेको प्राविधिक टोलिले दुई दिन भित्र स्थलगत निरिक्षण गरी मंन्त्रालयमा  प्रतिबेदन बुझाउने पुल हेर्र्ने जिम्मा पाएको गाईघाट दिक्तेल सडक आयोजना कार्यालयले जनाएको छ । अबिरल वर्षा पछि आएको त्रियुगा  नदिको बाढिले निर्माण कार्य अन्तिम चरणमा रहेको पुलको दुई वटा स्पान शनिबार बगाउनुको साथै दक्षिण तर्फको  अन्तिम पिलर नदिमा धसिएको छ । पिलर धसिनु र दुई वटा स्पान के कारणले बग्यो भन्ने बारेमा मंन्त्रालय बाट जाचवुझ टोलि आउन लागेको गाईघाट— दिक्तेल सडक योजना कार्यालय उदयपुरका प्रमुख गोविन्द खकुरेलले बताए । उनले टोली आएर जाचवुझ गरेपछि मात्र यर्थाथकुरा पत्ता  लाग्ने बताए । बाढिले स्पान र पिलर लाई क्षति पु¥याउदा झण्डै २ करोड रुपैया नोक्सानी भएको अनुमान गरिएको छ । चौदण्ढीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले नगरपालिकाले पनि स्पान बगाएको बारे छुट्टै प्राविधिक टोलि गठन गरेर छानविन सुरु गर्न लागेको बताए । उनले ठेकेदार को बदमासि हो वा प्राबिधिक को कमजोरी बाट भएको भन्ने बारे छानबिन टोलिबाट पत्ता लाग्ने बताए । सुरु देखी नै काममा ढिलाइ भएको र प्राविधिकको कमजोरी को कुरा जनस्तरमा उठदै आएको थियो । प्रमुख राईले भने । अब छानबिन पछि मात्र सबै कुरा बाहीर आउछ  । १२ बर्ष अघि दुई बर्ष भित्रै सक्ने गरी पुल निर्माणको जिम्मा महालक्ष्मी लोकप्रिय जेभी काठमाडौले लिएको थियो । पटक, पटक म्याद थप गरी लागत समेत वृद्धि भएको उक्त पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेर असार मसान्त भित्रै सडक आयोजना कार्यालय लाई हस्तान्तरण गर्ने योजना थियो । ३ सय ७ मिटर लम्बाई र ५ मिटर चौडाईको उक्त पुलको टेण्डर गरिदाको लागत ९ करोड ७६ लाख भएपनि काममा ढिलाई हुदा पुलको लागत पु न मुल्याङकन गर्दा अहिले ११ करोड २७ लाख पुगेको सडक योजना कार्यालय ले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.