Websoft University

जन्मदिवसमा कोभिड प्रभावितलाई राहत वितरण

 

मोहन कुमार राई--जेष्ठ २७ गते । रातो तारा डट कम,संखुवासभा, प्राकृतिक द्वन्द रुपान्तरण केन्द्र नेपाल द्धारा चैनपुर नगरपालिका ६ मा कोभिडबाट प्रभावित गरिव, सुत्केरी, गर्भवती, असाहयहरुका लागि राहत वितरण गरेको छ । 

प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले  आफ्नो ८ औं जन्म दिवसको अवसरमा चैनपुर वडा नंं ६, भञ्याङ्गखर्कलाई लक्षितगरी राहत वितरण गरिएको संस्थाका जिल्ला स्रोत व्यक्ति  अम्बिका गौतम्ले जानकारी दिनुभयोा ा   राहत वितरण कार्यक्रममा २५ केजीको  १ बोरा चामल, २ किलो दाल, २ लिटर खाने तेल, २ किलो नुन, १ किलो चिनी,  १ क्यारट अण्डा , ५ वटा साबुन  लगात सेनिटाइजर, सुत्केरीको लागि ज्वानो लगायतक सामग्री वितरण गरिएको प्राकृतक श्रोत द्वन्द रुपान्तरण केन्द्रका  स्थानीय सहजकर्ता  विष्णु कार्कीले बताउनुभयो । सृष्टीमा उत्पन्न जल जमिन र जंङ्गल मा उत्पन्न विभिन्न  समस्याहरुको वारेमा हेर्दै आएको वताउनुहुँदै यो संस्थाले देशको १९ वटा जिल्लाहरुमा बहुसरोकार तथा मेलमिलाप लगायतको सेवा पु¥याउदै आएको जानकारी दिनुभयो । यो संस्थाले यस अघि जिल्लाका खाँदवारी, सभापोखरी, लगायत विभिन्न स्थानीय तहहरुमा कोभिड प्रभावितहरुलाई राहत वितरण गर्दै आएको सहजकर्ता कार्कीले वताउनुभयो । 

 राहत वितरण कार्यक्रममा  चैनपुर नगरपालिकाका नगर उप प्रमुख मुना श्रेष्ठले चैनपुर नगरपालिकाले कोभिड विरामीको निःशुल्क  पिसिआर चेकजाँच तथा उपचारको लागि सेवा प्रदान गर्दै आइरहेको जानकारी दिनुहुँदै कोभिड महामारीको समयमा रहात वितरण गरेर सहयोग गर्नुभएकोमा संस्थालाई  धन्यवाद दिनुभएको दियो । राहत प्राप्त गर्ने चैनपुर नगरपालिका वडा नंं. ६ का धनबहादुर घिसिङ्ग तामाङ एउटै घरमा ३÷४ जना कोभिड प्रभावितको स्याहार तथा घरको अन्य काम समेत गर्नु परिरहेको वेला र आम्दानीको लागि रोजगार नभएको अवस्थामा यो राहतले ठूलो सहयोग पुगेको वताउनुहुँदै संथालाई धन्यवाद दिनुभयो ।  राहत वितरणमा वडा नं. ६ का वडाध्यक्ष नेत्रबहादुर डाँगी, वडा सदस्य शिखर शर्मा लगायत जनप्रतिनिधहरुको समेत उपस्थिति रहेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.