Websoft University

करेन्ट लागेर एक जनाको मृत्यु


गाईघाट २७ जेष्ठ । रातो तारा डट कम,बदेल मार्न थापेको बिधुतिय पासो निकाल्ने क्रममा बिहिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ९ बस्ने ५४ बर्षिय जगदिश पोखरेलको करेन्ट लागेर शख्त घाईते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । केहि दिन देखि जंगली बदेलले मकैबालि नष्ट गर्न थालेपछि पोखरेलले ब्ुधबार राती बिधुतिय पासो थापेका थिए । उक्त पासो बिहान निकाल्ले क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत डिएसपि वेद प्रसाद गौतमले बताए । मृतक उदयपुर सिमेन्ट उधोगमा कार्यरत कर्मचारी हुन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.