Websoft University

बृक्षारोपण गरी मनाइयो स्थपना दिवस

 


मोरङ असार ५ गते । रातो तारा डट कम, नेपाल स्काउटको ७०औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउट बेलबारी नगर समितिले बृक्षारोपण गरेको छ । बेलबारी नगरपालिकाको प्रागणमा फलफुलका बिरुवाहरु रोपेर स्काउटलेँ स्थापना दिवस मनाएको हो । नगर प्रमुख ज्ञानेन्द्र सुवेदी उप प्रमुख ढाका कुमारी पराजुलिले आप, स्ट्रोवेरी, अम्बा लगायतका बिरुवा रोपेका छन । विरुवा रोप्दै स्काउटका संरक्षक समेत रहेका नगर प्रमुख सुवेदीले स्काउटको कामको प्रसंसा गरेका छन । नगरपालिका सँगको सहकार्यमा बेलबारी स्काउटले कोरोनाबाट मृत्यु भएकाहरुको शबको ब्यबस्थापन समेत गर्ने गरेको स्काउट बेलबारीका संयोजक बादल देवानले बताए । यसैगरी सुन्दरहैचामा पििन बृक्षा रोपण गरी स्थपना दिवस मनाइएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.